Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘प्रेमलीला’को प्रदर्शन मिति सर्यो, फागुन १० मै प्रदर्शन

फिल्म ‘प्रेमलीला’को नेपाल प्रदर्शन मिति सरेको छ । नेपालमा चैत ८ गतेबाट प्रदर्शनमा आउने फिल्म फागुन १० गते प्रदर्शन मिति राखेको फिल्म कतारमा भने सोहि मितिमै प्रदर्शन हुने फिल्मकी नायिका दिपशिखा खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक, दुई गीत र ट्रेलर निर्माण टिमले सार्वजनिक गरेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि