Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

गायक बिनोद यादवको ‘मिठो छ तिम्रो बोली’ गीत सार्बजनिक [भिडियो]

नेपाली शिक्षण पेशामा बिगत लामो समय देखि लागिरहेका सफल प्रोफेसर बिनोद यादव अब भने नेपाली सांगीतिक छेत्रमा पनि तरंगित हुदैछन । यादव यति बेला नेपालका विभिन्न शिक्षण संस्थामा सफल रुपमा अध्यापन र त्यसको संचालन गरिरहेका छन् । “मिठो छ तिम्रो बोली” बोलको गीत मार्फत गायन क्षेत्रमा होमिएका प्रोफेसर यादवको गीतमा माया र प्रेमको भावनाले भरिएको छ । यादवको नै शब्द, र संगीत रहेको गीत “मिठो छ तिम्रो बोली “को भिडियोमा समेत उनि आफै देखिएका छन् । राजन इशानको संगीत संयोजन रहेको गीत निकै सुमधुर बनेको छ । नायिका जेबिका कार्कीसंगको उनको रोमान्स पर्दामा उतार्ने काम भने निर्देशक दिपेन्द्र केसीले गरेका छन् । गायक बिनोद कै आफ्नो युट्युब च्यानलमा यो म्युजिक भिडियोलाई देख्न सकिनेछ । सार्बजनिक गीत “मिठो छ तिम्रो बोली ” भिडियोमा शिवराम श्रेष्ठको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि