Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

लसता जोशीको ‘मिठो मिठो साथ’को भिडियो सार्वजनिक

सुमधुर स्वरकी धनी चर्चित गायिका लसता जोशीको ‘मिठो मिठो साथ”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा बिहिबार हाइलाइटस नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा लसता र प्रभाकरको रोमान्स देख्न सकिन्छ । दुई दशक भन्दा बढी समय देखि नेपाली सांगीतिक क्षेत्रमा स्थापित सफल गायिका जोशीको नयाँ गीति एल्बम ‘आवरण’मा समाबेस गीतमा संगीत स्वयम लसता जोशीकै रहेको छ भने शब्द निराजन भण्डारी, एरेन्जर मोहित मुनालको छ । सोहन मानन्धरको क्यामेरा र सम्पादन रहेको भिडियोको निर्देशन बबिता मानन्धरले गरेकी हुन ।
भिडियो हेर्नुहोस :-

तपाईको प्रतिक्रिया

...र यो पनि