मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

‘गल्ली ब्याइ’ फिल्म लिक

काठमाडौं – भ्यालेनटाइन डेको मौका पारेर बिहीवार नै रिलिज गरिएको फिल्म ‘गल्ली ब्याइ’ मा आलिया भट्ट र रणवीर सिंहको अभिनय छ । फिल्मले रिलिजसँगै दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । रिलिजकै दिन यो फिल्म लिक भएको छ । तमिलरकर्स नामक एक साइटले फिल्म लिक गरेको हो । यो साइटमा पूरै फिल्म अनलाइनमा डाउनलोड गर्न मिल्ने गरी राखिएको छ ।

जोया अख्तरले निर्देशन गरेको यो फिल्म रिलिज पहिलेदेखि नै चर्चामा थियो । यसरी फिल्म लिक भएको पहिलोपटक भने होइन । जब कुनै फिल्म रिलिज हुन्छ, तब तमिलरकर्सले अरु फिल्म पनि लिक गर्ने गर्छ । यो साइटमा आएका फिल्मलाई कैयनपटक प्रतिबन्धित समेत गरिएको थियो । यो साइटले मणिकर्णिका, पेट्टा, उरी, २.० लगायत अरु फिल्म पनि लिक गरेको थियो ।

तपाईको प्रतिक्रिया