Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

‘कर्ली कर्ली कपाल’ मा निरुतासँग भुवन र अनमोल (भिडियाे)

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘क्याप्टेन’ को गीत सार्वजनिक भएको छ । ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा अनमोल केसी, निरुता सिंह र भुवन केसीले नाचेका छन् । मेलिना राई र एसडी योगीको आवाज रहेको यो गीतलाई हर्क शाउद र मनिष ढकालले लेखेका हुन् । सविन शाक्यको कोरियोग्राफी रहेको यो गीतलाई केही दिनअघि ललितपुरको एक पार्टी प्यालेसमा खिचिएको थियो । गीतलाई नवराज उप्रेतीले खिचेका हुन् भने सुदीप बरालको डीओपी छ ।

स्पोर्टस् जानरामा निर्माण भएको फिल्म ‘क्याप्टेन’ मा दीर्घ खड्काको सम्पादन, भुवन केसीको निर्माण, दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । यस्तै फिल्ममा सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, बुद्धि तामाङ, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतका कलाकारको अभिनय छ । फिल्म फागुन १७ गतेबाट रिलिज हुँदैछ । 

तपाईको प्रतिक्रिया

...र यो पनि