Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

मलेसियामा ‘धुर्मुस–सुन्तली साँझ’

अन्तराष्ट्रिय स्तरको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप सहयोग जुटाउन कलाकार तथा अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला मलेसिया छन् । यी दुईले मलेसियामा ‘धुर्मुस–सुन्तली साँझ’ मा क्रिकेट खेलेर हँसाउँदै दर्शकलाई मनोरञ्जन दिएका छन् ।

मलेसियाको उक्त कार्यक्रममा चर्चित लोकगायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भण्डारीले पनि गीत प्रस्तुत गरेका थिए । ‘सीटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ २०७५’ को आयोजना गरिएको यो कार्यक्रम मलेसियाका दुई शहर क्वालालम्पुरको डेवान मारियमेनस्थित सिटी सेन्टर र क्वालालम्पुरको गरिएको थियो भने दोस्रो शो पेनाङ एसटी एन्नी चर्चमा गरिएको थियो ।

चितवनमा झण्डै तीन अर्बको लगानीमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली यतिबेला विदेशका विभिन्न शहर पुगेर साथ र सहयोग बटुलिरहेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि