Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

‘समर लभ’ हेरेर सुबिन भावुक भए

काठमाडौं – फिल्म ‘समर लभ’ हेरेर लेखक सुबिन भट्टराईले आफू भावुक भएको लेखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले लामो स्टाटस पोस्ट गर्दै कमजोरी भए पनि फिल्मले भावुक बनाएको बताए ।

‘अक्षरहरु एकाएक दृश्यमा उतारिँदा त्यो कसैलाई चित्त बुझ्ने काम होला, कसैलाई चित्त दुख्ने काम होला’, उनले लेखेका छन्, ‘तर सिनेमा हेरिसकेपछि कमी कमजोरी हुँदाहुँदै पनि समग्रमा यसले मलाई छोयो, यो हेरिसक्दा म भावुक नभइरहन सकिन ।’ उनले यो फिल्म एउटा भावुक प्रेमकथा भएको पनि लेखेका छन् । पुस्तकजस्तै यो फिल्म पनि प्रेम गर्ने सबैलाई भएको उनले लेखेका छन् । मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा सामीप्यराज तिमल्सेनाको स्किृप्ट छ । पुस्तकमा आधारित यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म आउँदो शुक्रवारबाट रिलिज हुँदैछ । 

तपाईको प्रतिक्रिया

...र यो पनि