Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

फेरि एकसाथ रणवीर र दीपिका ?

मुम्बई – अभिनेता रणवीर कपूर र दीपिका पादुकोणको जोडीलाई बलिउडमा हिट जोडीका रुपमा लिने गरिन्छ । दुवैले कैयन् हिट फिल्म दिएका छन् । रियल लाइफमा ब्रेकअप भएपनि यी दुईले प्रोफेसनल लाइफमा भने एकसाथ काम गर्न छोडेका छैनन् ।

यतिबेला भने यो अनस्किृन जोडीका फ्यानका लागि खुशीको खबर छ । भारतीय मिडियाका अनुसार यी दुईले अब एउटा फिल्म या विज्ञापनमा एकसाथ काम गर्ने भएका छन् । रिपोर्टका अनुसार रणवीर कपूर र दीपिका पादुकोणले एक ब्रान्डको एडमा साथै काम गर्नेछन् । तर, यो खबरलाई आधिकारिक रुपमा पुष्टि गरिएको छैन । कतिले भने रणवीर र दीपिका एडमा नभएर फिल्ममा देखिने बताइरहेका छन् । जे मा काम गरे पनि रणवीर र दीपिकालाई अब भने एकसाथ देखिने भएको छ । अहिले रणवीर आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त छन् भने दीपिका मेघना गुलजारको फिल्म ‘छपाक’ मार्फत दर्शकसामु आउँदैछिन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि