Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

गायक नकुल कार्कीको ‘मेरो सपनामा’

बिगत दुई दशकदेखि सांगीतिक यात्राामा निरन्तर लागि परेका गायक तथा संगीतकार नकुल कार्कीको हालै ‘मेरो सपनामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी आफैले अभिनय पनि गरेका छन्, जसमा उनलाई मोडेल सविना राउतले साथ दिएकी छिन् । संचारकर्मी मनोज के.सी. ‘समय’ले यस भिडियोलाई निर्देशन गरेका छन् भने सिनेम्याटोग्राफी केशब अधिकारीको रहेको छ । अनिल सम्राटको सम्पादन रहेको भिडियोलाई लोकेश बज्राचार्यले कलरिङ्ग गरेका छन् । एस एण्ड एस ट्रेड कन्सर्नका सुलभ श्रेष्ठ तथा समिर खानका बिभिन्न आकर्षक वार्डरोब फिचरिङ्ग गरिएको भिडियोमा बिनित खत्रीको मेकअप रहेको छ । भिडियोलाई गायक नकुल कार्कीले आफ्नै युटुब च्यानल मार्फत रिलिज गरेका हुन् ।


मोहनी मन्त्र’ एल्बमबाट सभार गरिएको गीतमा नकुल कार्कीकै शब्द, संगीत रहेको छ जसलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् । यस अघि पनि यसै एल्बममा रहेका मोहनी मन्त्र, आई लभ यु लगायतका गीतहरुको म्युजिक भिडियो पहिले नै बिभिन्न सञ्चार माध्यम तथा युटुबबाट रिलिज भईसकेका छन् जसलाई दर्शक श्रोताले धेरै नै मन पराएका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि