Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘सुनकेशरी’बाट निर्देशनमा पनि अब्बल हुँदै गायक सुजन

पप गायक सुजन ढकालको गीत “सुनकेशरी”को म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । गायक ढकालकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा मानषी किरणको संगीत संयोजन रहेको छ । छिट्टै नै सार्वजनिक गरिन लागेको गायक ढकालको सोलो डेब्यु एल्बम ‘डेप्थ’मा समाबेश “सुनकेशरी” गीतको म्युजिक भिडियोलाई ललितपुरको विभिन्न रमणीय ठाउँमा छायाङ्कन गरिएको छ ।

सुजन ढकाल र माधव अधिकारीको कन्सेप्ट एवं निर्देशनमा तयार हुँदै गरेको भिडियोमा बिकाश अधिकारी र निकेश महर्जनको सिनेमाटोग्राफी रहेको छ भने चर्चित मोडेल सुजना ढकाल र यसै गीतको भिडियो मार्फत डेब्यु गर्दै गरेका दिवस खड्काको अभिनय रहेको छ । अहिले पोस्टको काम हुँदै गरेको र अब केही दिनमै एक कार्यक्रम गरी भिडियो सार्वजनिक गरिने गायक ढकालले बताए ।

तपाईको प्रतिक्रिया