Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

एचपीटी इन्टर स्कुल कन्टेस्ट कल्चरल शो हुने

एचपीटी नेपालद्वारा यही माघ ६ गते देखि फाल्गुण ४ गतेसम्म संचालन हुन गईरहेको एचपीटी इन्टर स्कुल कन्टेस्ट कल्चरल शो को लागि कन्टेस्टेन्टहरुको छनौट प्रकृयाको लागि नामावली तथा संलग्नताको लागि पत्रकार सम्मेलन सम्पन्न गरी फर्म प्रकाशन गरिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुर गरी चार स्थानका स्कुलहरुबाट कक्षा ६, ७ र ८ मा अध्ययनरत छात्रा तथा छात्रहरु मात्र समावेश गरी प्रत्येक चारै शहरहरुबाट चार दिनमा १५ र १५ जोडी छनौट गरी छनौट प्रकृयाबाट २० जोडी छनौट गरिने छ र यिनै २० जोडीहरुलाई मात्र १५ दिने कल्चरल तालिम प्रदान गरी यही जोडीबाट सम्पूर्ण कार्यक्रम संचालन हुने कुरा आयोजकद्वारा जानकारी दिइएको छ ।
यस अन्तर्गत तालिम कार्यक्रममा दुई दिने फोटो सुट, एक दिने रेफ्रेसमेन्ट र एक दिने ट्यालेन्ट राउण्ड शो गराइने छ । उक्त कार्यक्रममा संलग्न हुने प्रतियोगीहरु मध्ये प्रथम हुनेलाई रु. एक लाख नगद, एचपीटी अवार्ड साथै स्पोन्सरद्वारा गीफ्ट ह्याम्पर, त्यस्तै द्वितीयलाई रु. ५० हजार नगद, एचपीटी अवार्ड र स्पोन्सर गीफ्ट ह्याम्पर र तृतीय हुनेलाई रु. २५ हजार नगद, एचपीटी अवार्ड र स्पोन्सर गीफ्ट ह्याम्पर प्रदान गरिने छ । यसका साथै अन्य जोडीहरुलाई समेत सात वटा विधामा उपाधिहरु प्रदान गरिने व्यवस्था गरिएको छ । यस कार्यक्रममा ९ वटा विविध जात जातिका आफ्नो संस्कृति झल्किने प्रस्तुतिहरु समेत देखाइने छ । कार्यक्रमको विशेष आकर्षण अन्तर्गत विभिन्न जातिको खाद्य परिकारहरुको फुड स्टल राखिनेछ । यस कार्यक्रममा संलग्न हुनेलाई फारम शुल्क र फ्युजन ड्रेस बाहेक अन्य शुल्क लाग्ने छैन । यो कार्यक्रम समाज सेवा तथा संस्कृति जगेर्नाको लागि उपलब्धीमुलक हुनेछ ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि