Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

‘चौका दाउ’ र ‘भिलेन’ को भिडन्त

खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउन यस हप्ताका लागि पुणेन्द्रु झा निर्देशित फिल्म ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको ‘भिलेन’ ले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । नेपाली हलमा तीन साता बलिउड फिल्मले वर्चश्व जमाएपछि यस हप्ता भने एक कमेडी र एक एक्सन नेपाली फिल्मको भिडन्त सुरु भएको छ ।

एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको ‘भिलेन’ मा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारी लगायतका कलाकारहरुको अभिनय छ । यसअघि ‘संरक्षण’ निर्देशन गरेर वाहवाही बटुलेका पुणेन्द्रुले ‘चौका दाउ’ मा चार अधबैंसे पुरुषको युवती प्रेम प्रस्तुत गरेका छन् । फिल्ममा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह छन् भने उर्वशीको भूमिकामा अभिनेत्री वर्षा राउत छिन् । ‘चौका दाउ’ को कथा वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि