Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

श्रीमान श्रीमतीबीचको मानसिक द्वन्द्वको कथा ‘अनागत’

अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्की स्टारर  फिल्म ‘अनागत’ प्रदर्शनका लागि तयार भएको छ । माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई देखाइएको निर्देशक साम्तेन भुटियाले बताए । ‘श्रीमान श्रीमतीबीचको मानसिक द्वन्द्वको कथा हो ‘अनागत’ । यसमा धेरथोर आर्ट कल्चरमा काम गर्ने कोशिश गरेको छु’, फिल्मको विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक भुटियाले भने, ‘यो साइकोलजिकल थ्रिलर जनराको फिल्म हो ।’  निर्देशक भुटिया, अर्पण र प्रियंकालाई फरक चरित्रमा उतारेको बताउँछन् ।

फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् । फिल्ममा रोशिन सुवेदी, अरुण रेग्मी, सम्राट थापा, अनु शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

तपाईको प्रतिक्रिया