Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

अनमोल केसीले ‘ब्याचलर बन्टी’ बाट हात झिके

रिलिज मिति सार्वजनिक भएपछि अनमोल केसीले फिल्म ‘ब्याचलर बन्टी’ छाडेका छन् । केही दिनअघि मात्र निर्माता मध्येका एक सुदिप खडकाले अनमोलसँगको फोटो फेसबुकमा राख्दै भदौ १३ मा फिल्म प्रदर्शनमा आउने घोषणा गरेका थिए । सोही फोटो सार्वजनिक भएसँगै अनमोलले नगर्ने भनेको फिल्म गर्ने आसयमा समाचार आएका थिए । तर, यो प्रकरणको साता दिन नबित्दै अनमोलले फिल्म छाडेको बताए । अनमोलले साइनिङ अमाउन्ट वापत १० लाख लिएका थिए । बाहिर ५० लाखमा फिल्म साइन गरेको हल्ला चले पनि अनमोलले यो फिल्म ४० लाखको हाराहारीमा सम्झौता गरेका थिए ।

अनमोलका लागि स्क्रिृप्ट हेरफेर गर्न मिलन चाम्स र प्रदीप भारद्धाज तयार नभएपछि अन्ततः अनमोलले फिल्म छाड्ने घोषणा गरेका हुन् । चाम्सले लिलीबिलीमा पनि पहिला प्रदीपको साटो अनमोलललाई लिन चाहेका थिए । त्यो समयमा पनि अनमोलले कथामा दम नभएको भन्दै फिल्म रिजेक्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया