मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

‘बिर बिक्रम २’ को ‘पिरतीको मिठो तिर्सना’

फिल्म ‘विर विक्रम २’ मा समावेश पिरतीको मिठो तिर्सना गीतको भिडियो सार्वजनिक भएको छ । रञ्जित गज्मेरद्वारा संगीतवद्ध फिल्म देउताको सुपरहिट गीतलाई बिर बिक्रम २ मा रिमेक गरिएको हो ।

‘बिर बिक्रम २’ को यस रिमेक गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईले स्वर दिएका छन् । शब्द कुसुम गज्मेर र तुलसी घिमिरेको हो । मुस्ताङमा छायाँकन गरिएको ‘बिर बिक्रम २’ को यो भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । छायाँकन सुदीप बरालको छ ।

बिर बिक्रम २ मा प्रदीप भारद्वाजको लेखन छ । अर्पण सापकोटा सह निर्माता रहेको फिल्मका निर्माता निर्देशक चाम्स स्वंम हुन् । ‘बिर बिक्रम २’ मा पल, बर्षा र नाजिर सँगै बुद्धि तामांग, देशभक्त खनाल लगायत कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया