Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘टुल्की’ मा बेनिशा हमाल

अभिनेत्री बेनिशा हमाल निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । त्यसपश्चात उनले नेपाली चलचित्र ‘मोक्ष’, ‘ज्यान हाजिर छ’, ‘म अनि तिमी’, ‘ब्लाइन्ड रक्स’ लगायतका चलचित्रहरुमा काम गरेकी थिइन् । उनले विभिन्न म्युजिक भिडियोहरुमा समेत काम गरिसकेकी छिन् । उनी पुनः एक पटक नयाँ चलचित्रमा काम गर्न लागेकी छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘टुल्की’ हो । लक्ष्मण सुनारले निर्देशन गर्न लागेको चलचित्र ‘टुल्की’ नारीप्रधान चलचित्र हो । चलचित्रका लागि बेनिशा हमाल फाइनल भइसके पनि अन्य कलाकारहरुको भने टुंगो लाग्न बाँकी छ । अन्य कलाकारको खोजी भइरहेको बताइएको छ । बेनिशा हमालले यो चलचित्रका लागि वर्कआउट पनि सुरु गरिसकेको बताइएको छ । चलचित्र ‘टुल्की’ मा बहुपति प्रथाको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ । चलचित्रको कथामा ‘टुल्की’का ५ वटा श्रीमान् हुनेछन् । चलचित्रको कथा बेनिशाकै वरिपरि घुम्ने छ । चलचित्रको छायांकन माघको १५ गतेबाट सुरु गर्ने निर्देशक सुनारले बताए ।

तपाईको प्रतिक्रिया

...र यो पनि