Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

कविता नेपालीको पछि पछि गायक उत्तम (भिडियो)

गायक तथा संगीतकार उत्तम थापा मगरले ‘सिन्धुली बजार’ गीतको भिडियो सार्वजनिक गरेका छन् । मगरकै शब्द संगीतमा रहेको उक्त गीतलाइ बुद्ध स्याङवाले एरेन्ज गरेका हुन । सिन्धुली र काठमाण्डौँमा छाँयाकन गरिएको सिन्धुली बजार गीतको भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् भने सागर मगरको कोरियोग्राफि र दिनेश पराजुलीले खिँचेका हुन् । भिडियो सम्पादन शुसिल न्यौपानेले गरेका छन ।

भिडियोमा नेपालको पहिलो अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी शो ‘बुगी उगी’ का बिजेता कविता नेपालीको अभिनय रहेको छ ।

२०६५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित चार वटा एकल गीति एल्बम र दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । उनको मै काले, विदेशीएको, आँखा भरि, मैच्याङको गालैमा, जोर मादल र मगर भाषाको गीत साली चर्चित रहेका छन । ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी मगर भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका छन् । वर्ष २०६७ र ६८ मा उनले त्यहाँबाट स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि