Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘शुभ लभ’ को फस्टलुक पोस्टर

युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चैत १५ गतेलाई रिलिज डेट लक गरिएको फिल्मको पोस्टरमा नव–अभिनेत्री कृष्टिन पौडेलसँग हरिहरलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । दुईको केमेस्ट्री गजबको देखिएको छ । बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।


‘शुभलभ मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् । फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया