Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक

सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारलाई समेटिएको छ ।

आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवासले लेखेको फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी, लुमिना तुलाधर, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको अभिनय रहेको छ । रेनशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्जवल ढकालको सम्पादन रहेको छ । फिल्म माघ ४ बाट प्रदर्शनमा आउदैछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि