Date
बिहि, फाल्गुन २०, २०७७
Thu, March 4, 2021

मनिषा कोइरालाको बायोग्राफी ‘हिल्ड’

बलिउड स्टार मनिषा कोइरालाले बायोग्राफी ‘हिल्ड’ लेखनका क्रममा आफूलाई निकै कठिन भएको अनुभव सुनाइन् । “भर्खर क्यान्सरबाट रिकभर भएको थिएँ । त्यो समयमा साना–साना कुराहरुलाई डिटेलमा सम्झनुपर्ने भएकाले मलाई निकै कठिन भयो । एउटा त्यस्तो समय पनि आयो, मबाट यो काम हुँदैन भनेर ड्रपआउट गर्ने कन्डिसनमा पुगेको थिएँ,” काठमाडौंमा सोमबार भएको साक्षात्कारमा उनले भनिन्, “तर मलाई कन्भिन्स गर्नुभयो, त्यसैले निरन्तरता दिएँ ।”
उनले आफ्नो पुस्तकलाई ‘पेनफुल एक्पिरियन्स’को संज्ञा दिइन् । पुस्तकमा आफ्नो क्यान्सरको यात्रा समावेश भएको बताएकी कोइरालाले क्यान्सर लागेको क्षणलाई अमूल्य अनुभव भनिन् र क्यान्सरपछि जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताइन् ।


‘हिल्ड’को नेपाली अनुवाद पनि आउने कोइरालाले जानकारी दिइन् । नेपाली अनुवाद गरिने पुस्तक बिक्रीबाट प्राप्त हुने रकम क्यान्सर पीडितलाई दिने भन्दै उनले अग्रिम ५ लाख रुपैयाँ पनि उपलब्ध गराएकी छन् । पाठेघरको क्यान्सरविरुद्ध मनिषाको संघर्ष समेटिएको पुस्तकको नेपाली संस्करण फाइन प्रिन्टले प्रकाशन गर्दैछ । भारतको पेन्गुइन र्यान्डम हाउसले प्रकाशन गरेको ‘हिल्ड’ नीलम कुमारले लेखेकी हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि