Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

चैत्र ८ मा नाजिर र शिल्पाको ‘कागजपत्र’

‘कागजपत्र’को निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको छ । चलचित्र चैत्रको ८ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति तय गर्दै यसको फस्टलुक पनि सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।

इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्रलाई अपिल बिष्टले लेखन तथा निर्देशन गरेका हुन् । सामाजिक कथामा तयार भएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए । निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष छ । खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको यसका लगानी छ । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि