Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘चौका दाउ’मा वर्षा राउतको उर्वशी रुप

पौष २७ गतेलाई रिलिज डेट लक गरिएको फिल्म ‘चौका दाउ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरियो । एक युवतीप्रति चार अर्धबैशे पुरुष आकर्षित हुँदा आइपर्ने समस्यालाई ट्रेलरमा दर्शाइएको छ ।


अभिनेत्री बर्षा राउतलाई आफ्नो स्वार्थका लागि अर्धबैशे पुरुषलाई फसाउने पात्रको रुपमा चित्रण गरिएको छ । पुर्नेन्दु झा यस फिल्मका निर्देशक हुन् । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो । दिर्घ गुरुङले खिचेको फिल्ममा मित्र डि.गुरुङको सम्पादन रहेको छ ।


सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको फिल्ममा सन्तोष पन्त, रबिन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, मनोजराज भण्डारीको ब्याकग्राउन्ड स्कोर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले छ ।

तपाईको प्रतिक्रिया