Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

जितेन र प्रिति अभिनित भिडियो सार्वजनिक

जितेन क्षेत्री र प्रिति अधिकारीको जिवन्त अभिनयमा ‘सफलताले चुमिरहोस’ बोलको सेन्टिमेन्टल गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चोखो माया र बिश्वास घातको कथा समेटिएको गितमा प्रिति अधिकारीले निभाएको शशक्त भुमिकाले भिडियो थप अर्थपूर्ण बनेको छ । गितका शव्दले व्यक्त गर्न खोजेको भावमा जितेन साँच्चिकै भावुक देखिन्छन । करिव एक दर्जन भिडियोमा अभिनय गरिसकेका जितेन अव छिट्टै नयाँ चलचित्रमा अनुबन्धित समेत हुदैछन ।

कैलाश गुरङको शब्द, संगित र स्वर रहेको गितको संगित संयोजन भने सन्जय हमालले गरेका हुन । टंक के.सी को छायाँकन र गुरु भोटियाको सम्पादनमा तयार भएको म्युजिक भिडियोको निर्देशन सुन्दर नेपालले गरेका हुन । बुधवार सार्वजनिक गरिएको गितको भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि