Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

आइडल २ को टप फाइभमै सिमित ‘अमित बराल’

एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल २ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन् । शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए । बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए ।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए । अघिल्लो इपिसोडमा पुष्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो । पुष्पनले आफ्नो विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए । अतिथि कलाकारका रूपमा चलचित्र ‘सुश्री सम्पत्ति’का कलाकार सलोन र सारा तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए ।

अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको छोटो भिडियो क्लिप पर्दामा देखाइएको थियो । भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए । घरि दुवै हातले आँसु पुछ्दै हुन्थे त घरि जबरजस्ती हाँस्न खोजिरहेका थिए । जजको आँखामा पनि आँसु छचल्किरहेको थियो । आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

...र यो पनि