Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

रिमा गुरुङ्ग होडाको ‘आंखाका जोर’

रिमा गुरुङ्ग होडाको आवाजमा ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडी नै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।


कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासँग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन् । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन् भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि