Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

सलिनमानको ‘यात्रा’ चैत्र २९ मा पक्का

चलचित्र ‘यात्राः अ म्यूजिकल भ्लग’ चैत्र २९ गतेबाट रिलिज हुने भएको छ । निर्माता केशव भट्टराइको जन्मदिनको अवसर पारेर यो चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रको फस्टलुकमा नायक सलिनमान बनियाँलाई देखाइएको छ । चलचित्रमा उनको साथमा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । यही चलचित्रबाट नव–नायिका मल्लिका महतले चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । चलचित्रमा बाल–कलाकार अंकित संग्रौला र एन्जल राइलाई पनि देख्न सकिन्छ । यो चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि