Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

जोसेफ र मिलनको ‘तिमीले साथ छोड्यौ’ सार्वजनिक

यूवा गायक जोसेफ शाही ठकुरीको आफ्नै शव्द, संगितमा ‘तिमीले साथ छोड्यौ’ बोलको सेन्टिमेन्टल गित सार्वजनिक भएको छ । गितमा जोसेफलाई पाश्र्व गायनमा चर्चित गायिका मिलन अमात्यले साथ दिनुभएको छ भने बि.बि अनुरागिको संगीत संयोजनले गित थप मार्मिक बनेको छ ।

 

एक दर्जन भन्दा बढी गितहरुमा आवाज भरिसकेका गायक जोसेफको आवाजमा राजनितिको आगो, ठेकी मदानि, कर्के नजर लगायतका गितहरु सार्वजनिक भैसकेका छन् । आधुनिक गित भित्रपनि देउडा गितको लय मिसाउने प्रयास गरिएकाले यस गितलाई आम स्रोता दर्शकले मन पराउने बिश्वास जोसफले लिएका छन् ।
हाईलाईट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ भने जितेन्द्र क्षेत्री र सोना बज्राचार्यको अभिनय हेर्न सकिन्छ । उत्तम हुमागाँईले छायाँकन गर्नुभएको भिडियोको सम्पादन भने बिकास धमलाले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

...र यो पनि