Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

चलचित्र ‘साँइली’को फस्टलुक

चलचित्र ‘साँइली’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको फस्टलुकमा नायिका मेनुका प्रधानलाई देखाइएको छ ।

जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा विशाल गुरुङ र मोहन राना मगर रहेका छन् । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतम संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । चलचित्र ‘साँइली’लाई रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि