Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नेपाल आइडलमा ‘लोक भाका’ (Full Episode)

गीत संगीतमा रुची राख्ने मानिसहरुको संख्या अत्यधिक हुने भएरै होला विश्व भरिनै गीत संगीत एवं गायनसँग सम्बन्धित रियालीटी सोहरु सर्वाधिक रुचाइएको पाइन्छ । यसमा पनि आइडल सिरिजलाई त अझै विश्व भरि नै रुचाइएर धेरै जसो देशहरुमा आ-आफ्नो देशको नाम जोडेर प्रसारण गर्ने गरिन्छ । यसैको निरन्तरता स्वरुप नेपालमा पनि गत बर्ष देखि एपि वन टेलिभिजनमा नेपाल आइडलको नाममा फ्रेन्चाइज सिङगीङ रियालीटी सोको शुरुवाट भएको हो ।

पहिलो सिजन अत्यधिक रुपमा सफल रहेको नेपाल आइडलको दोश्रो सिजन पनि एपि वन टेलीभीजन मार्फत प्रसारण हुँदै गरेको छ । गायनमा रुची राख्ने हजारौं प्रतियोगीहरुको सहभागीता सहित शुरु भएको नेपाल आइडलको दोश्रो सिजनमा प्रतियोगीहरु घटेर अहिले उत्कृष्ट आठ जना मात्र बांकी रहन पुगेका छन । नेपाल आइडलका प्रतिस्पर्धीहरुले आफु एउटा विधाको गीतमा मात्र पारंगत नभई बहुप्रतिभाशाली गायकको रुपमा प्रमाणित गर्न विभिन्न विधाका गीतहरु गाउने गरेको पाइन्छ । यसैको निरन्तरता स्वरुप गत कार्तिक २९ गते बिहिबार प्रसारित कार्यक्रममा नेपाल आइडलका प्रतिस्पर्धीहरुले लोक भाकाका गीतहरुमा आफुलाई प्रमाणित गर्ने प्रयत्न गरे । उक्त एपिसोडमा सबै प्रतिस्पर्धीहरुले देशको विभिन्न भेगमा प्रचलित लोक गीतहरुलाई मौलिक पहिरन सहित उत्कृष्ट रुपमा पेश गरे ।

लोक गायक जयनन्द लामा अतिथि जजको रुपमा सहभागी रहेको उक्त एपिसोड नेपालको टेलिभिजन कै इतिहासमा यति विशेष रहयो की आठ जना मध्ये सात जना प्रतिस्पर्धीहरुको प्रस्तुतीले चारै जना जजहरुबाट Standing Ovation पाउदै Respect Performance पाएका थिए । नेपाली टेलिभिजनको इतिहासमा एउटै कार्यक्रममा उपस्थित सबै जजहरुबाट यति धेरै Standing Ovation पाएकै थिएन ।

तपाईको प्रतिक्रिया

...र यो पनि