Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’

हाँस्य कलाकार जितु नेपालले नेपाल टेलिभिजनमा कमेडी रियालिटी शो लिएर दर्शकमाझ आउने भएका छन् । नेपाल टेलिभिजनबाट सुरु हुन लागेको शोको नाम ‘मुन्द्रेको कमेडी क्लब’ राखिएको छ । यो रियालिटी शोको अध्यक्षमा निर्देशक दिपाश्री निरौला रहनेछिन् । साथमा, कलाकार राजाराम पौडेललाई पनि शोमा देख्न सकिनेछ ।

कार्यक्रम संचालक जितु नेपालका अनुसार, दर्शकले पहिलो भागमा हाँस्य कलाकार दिपकराज गिरी र दोश्रो भागमा केदार घिमिरे र करिश्मा मानन्धरलाई देख्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि