Date
आइत, फाल्गुन २३, २०७७
Sun, March 7, 2021

एकै साथ पाँच सहरमा ‘बुलबुल’को गीत

नायिका स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘बुलबुल’को लोकलयको ‘खुद्राखुद्री’ बोल गीतको रिलिज विशेष प्रकारले गरिने भएको छ । फ्ल्यास मोब शैलीमा चलचित्रको गीत सार्वजनिक गर्न लागिएको हो । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न चाल्नेछन् । ‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षका अनुसार कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा गीत रिलिज हुनेछ । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले बताएका छन् ।

काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाण्डौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खडका र कलाकार मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युटयुब र मिडिया मार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । यो गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ भने कोशिष क्षेत्रीले यसमा शब्द तथा संगीत तयार पारेका छन् । यो चलचित्र फागूण ३ गतेबाट रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया

...र यो पनि