Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

२ दिनमा २ करोड ‘छक्का पन्जा ३’

बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन बुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । बुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो ।

रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार राम्रो छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छिन् । दुई दिनमा चलचित्र २ करोड ग्रस कलेक्शन गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि