‘को बन्छ करोडपति’ एपीवान टेलिभिजनमा

नेपाल आइडल दुवै सिजनको सफलता पछि एपीवान टेलिभिजनले अब विश्वविख्यात टेलिभिजन रियालिटी शो ‘Who Wants to be the Millionnaire’ को नेपाली संस्करण छिट्टै प्रसारणमा ल्याउने भएको छ । राजधानी स्थित याक एण्ड यती होटेलमा बिहिबार एक कार्यक्रम आयोजना गरि आगामी दुई महिना भित्रसम्ममा ‘को बन्छ करोडपति’ नेपाली दर्शक सामु ल्याउने जानकारी दिएको हो ।
डेविड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको ‘Who Wants to be the Millionnaire’ प्रसारणमा ल्याउने नेपाल १ सय ६१ औं देश बनेकोे छ । ‘के बि सी नेपाल’ कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयाँ आयाम थपिनुको साथै नेपाली दर्शकलाई बौद्धिक ज्ञान हासिल गर्ने विश्वास आयोजकको रहेको छ । भारतमा नायक अमिताभ बच्चनले संचालन गर्दै आएको कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करणलाई महानायक राजेश हमालले संचालन गर्ने भएका छन् । “चर्चित फ्रान्चाइज शो नेपालमा आउदा अत्यन्तै खुशी र गौरवान्वित छु । को बन्छ करोडपति नेपाली दर्शकलाई पस्किनुपर्ने भएकोले नेपालीपन हुनु जरुरी छ ।” राजेश हमाल भन्छन् ।
थप समाचार

तपाईको प्रतिक्रिया