Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

माघ २५ मा ‘प्रेमलीला’

फैजल फिल्मस्को ब्यानरमा र नानीमैयाँ कार्की निर्माता रहेको चलचित्र ‘प्रेमलीला’को फस्ट लुक सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘प्रेमलीला’को अफिसियल पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्का अभिनित फिल्म ‘प्रेमलीला’लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । पोस्टरमा अभिनेत्री दीपशिखालाई टाउको मुण्डन गरेको र क्रोधित मुद्रामा भएको फरक लुकमा देख्न सकिन्छ । फिल्मबाट भारतीय मोडल अली खानले डेब्यु गरेका छन् । माघ २५ बाट प्रदर्शन आउने तयारी रहेको फिल्ममा दीपशिखा र अलीसँगै मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि अभिनय छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि