Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

स्वप्न सुमनको प्रस्तुति, सिटि सेन्टरको ‘दशैं उत्सवमा’

नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारलाई लक्षित गर्दै काठमाडौंको कमलपोखरी स्थित सिटि सेन्टरमा ‘City Centre Celebrations: Dashain and Tihar Utsav, 2075′ असोज १२ गते शुक्रबारदेखि भव्य कार्यक्रमका साथ सुरु भएको छ । बालकदेखि युवा पुस्ता तथा वृद्ध सबैको रोजाइको रुपमा रहेको सिटि सेन्टरमा विगतदेखि नै विभिन्न कार्यक्रमहरु हुँदै आइरहेको छ । यसैको निरन्तरता स्वरुप नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गरि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उत्सवको मुख्य आकर्षणको रुपमा ‘Enter the Mall & Win’ रहेको छ, जस अनुसार सिटि सेन्टर प्रवेश गर्ने जो कसैले पनि एउटा उपहार कुपन प्राप्त गर्नेछन । त्यसै मध्येबाट एक जना भाग्यशाली ग्राहकले Grand Lucky Draw मार्फत Grand Prize जित्ने छन् । यस अतिरिक्त हरेक दिन साँझ ३ बजे र ६ बजे पनि लकि ड्र मार्फत सिटि सेन्टरमा सपिङ गरेका ग्राहकहरुलाई पुरस्कार प्रदान गरिने छ भने ग्राहकहरुले १ घण्टाको पार्किङ नि:शुल्क तथा नि:शुल्क पेय पदार्थ पनि पाउने छन् । यसका साथै सिटि सेन्टर भित्र रहेका सबै पसलहरुमा “दशै तिहार अफर” स्वरुप ५० % सम्म छुटको पनि व्यवस्था गरिएको छ ।

सिटि सेन्टरमा सपिङको लागि बालबलिका सहित आएका ग्राहकलाई मध्यनजर गरि बालबालिकाहरुको खेलकुद कक्षको पनि व्यवस्था गरिएको छ । जहाँ बच्चाहरुका लागि निशुल्क Trampoline/Bouncing Castle राखिनुका साथै आकर्षक Door Prizes पनि रहेका छन् ।

युवा पुस्ताका लोकप्रिय गायक स्वप्न सुमनको दमदार प्रस्तुतिका साथ शुरु भएको सिटि सेन्टरको यस उत्सवमा हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुतिका साथै ख्याती प्राप्त गायक गायिका तथा चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति पनि रहने जानकारी Event and Marketing Manager विभा ताम्राकारले दिए ।

तपाईको प्रतिक्रिया

...र यो पनि