Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘हाउडेमाया’, ‘लाहुरेमाया’ पछि ‘नौटंकी माया’

अहिलेको समयमा चर्चाको शिखरमा रहेकी गायिका सृजना खत्री ‘हाउडेमाया’को नयाँ ‘नौटंकी माया’ बोलको गीत बजारमा आएको छ । मिठो स्वरकी धनी गायिका खत्रीका यो भन्दा पहिले पनि दर्जन भन्दा धेरै गीतहरु बजारमा आएका छन् । जसमध्ये हाउडेमाया, लाहुरेमाया र अहिले नौटंकी माया एकदमै चर्चाको शिरख चुम्न सफल रहेका गीत हुन् । आकर्षक शारिरीक बनावट र दर्शकको मन जित्ने स्वरकी धनी गायिका खत्री पछिल्लो समय देश विदेशमा हुने साँस्कृतिक कार्यक्रममा निकै व्यस्त हुने गरेकी छिन् ।


सिएस इन्टरटेन्मेन्टको उत्पादन रहेको गीतमा शब्द तथा संगीत स्वयम् गायिका सृजना खत्री हाउडेमायाको रहेको छ । गीतमा गायिका खत्रीलाई मिस्टर आर्जेले साथ दिएका छन् । अर्जुन तिवारीको छायांकन रहेको यस म्युजिक भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन् । पछिल्लो पुस्तामा चर्चित नायिका आंचल शर्मा र सुरज गराचले गीतमा अभिनय गरेका छन्।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि