Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

प्रताप दासको ‘अलि अलि मेरो माया’ बजारमा

माया माया माया ए माया, खोजी हेरिनौ प्रिय खोजी हेरिनौ जानु छ, जहाँ तिमीले सोधी हेरिनौ जस्ता सुगम संगीत दिईसकेका र नव युवा संगीतकारबाट सम्मानित भइसकेका मनोज सुनुवार एक दशक पछि फेरी ‘अलि अलि तिम्रो माया अलि अलि मेरो माया’ गीत लिएर पुन: सांगीतिक क्षेत्रमा आएका छन् । प्रताप दासको स्वर रहेको उक्त गीतमा शब्द, संगीत तथा निर्माण मनोज सुनुवारको रहेको छ भने सन्जीव बराइलीले संगीत सम्योजन, श्रृंगार अरुणा घिमिरे, नृत्य निर्देशन जास्मिन मगर, छायांकार आभेस बज्राचार्य, सम्पादन माधव बेलबासे, अभिनयमा सरस्वती लामा, दिल कमल छेत्री र निर्देशन अमृत सुनुवारको रहेको छ ।

अहिलेको चलेको गीत भन्दा फरक तथा नयाँ पुस्ताका युवा-युवती बिचको माया प्रेमलाई आधार मानेर बनाइएको र गीत निकै मेलोडियस भएकोले  यो गीत युवा-युवती बिच निकै लोकप्रिय हुने आशा गायक प्रताप दासले गरेका छन । 

भिडियो:

तपाईको प्रतिक्रिया