Date
बिहि, फाल्गुन २०, २०७७
Thu, March 4, 2021

‘ठग्‍स अफ हिन्दुस्‍तान’ आमिर खान फस्ट लुक

बलिउड सुपरस्टार आमिर खानद्वारा अभिनित फिल्म ‘ठग्‍स अफ हिन्दुस्‍तान’मा अन्ततः आमिर खानको फस्ट लुक सार्वजनिक भएको छ । खानले आफ्नो सामाजिक संजाल मार्फत फिल्मको आफ्नो फस्ट लुक सार्वजनिक गरेका हुन् । यो भन्दा आगाडि अमिताभ बच्‍चन, कैटरीना कैफ, फातिमा सना शेखको फस्ट लुक सार्वजनिक गरिएको थियो । आफ्ना चलचित्रहरुमा सधै फरक काम गर्न चाहने आमिर यो पाली पनि फस्ट लुक अनुसार फरक भूमिकामा देखा पर्दैछन भनी अनुमान गर्न सकिन्छ । फिल्ममा आमिर फिरंगी मल्लाहको भूमिकामा देखा पर्दैछन । भारतीय संचार माध्यमका अनुसार चाइनाको ‘साउथ चाइना मार्मिंग पोस्ट’लाई दिएको इंटरभ्युमा “ठग्‍स अफ हिन्दुस्‍तान एउटा ठुलो एक्शन एडवेंचर फिल्म हो, मेरो पहिला पहिलाको फिल्म जस्तो यसमा कुनै सन्देश छैन, फिल्ममा एउटा यस्तो ठगको भूमिका गर्दैछु जसको कहिले भरोसा गर्न सकिन्न, मेरो फिल्ममा रमाइलो भूमिका छ, फिल्मले दर्शकहरुलाई अत्यन्त मनोरञ्जन गर्छ” भन्दै फिल्म र आफ्नो भूमिका बारे जानकारी दिएका थिए । यश राज प्रोडक्‍शनको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्देशन विजय कृष्णा आचार्यले गरेका हुन । फिल्म सन् १८४९ को उपन्यास कंफेशंस अफ ए ठग’ मा आधारित रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि