Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘ए कान्छा’ को नयाँ भर्सन ‘छिरिङ्ग’मा

गायक तथा अभिनेता यश कुमार अभिनित फिल्म ‘छिरिङ्ग’ को नयाँ गीत सार्वजनिक भएको छ । अरुणा लामा र रुद्र गुरुङ्गको स्वरमा रहेको सदाबहार ‘ए कान्छा’ बोलको गीतलाई रि-रेकर्डिङ गरि नयाँ भर्सनमा ‘छिरिङ्ग’ फिल्ममा समावेश गरिएको छ । नयाँ भर्सनको गीतमा यश कुमार र सुनिता थिगिमको स्वर रहेको छ भने गीतको शब्द पासाङ ब्याङ्गबल र यशले लेखेका हुन् । कविराज गहतराजको कोेरियोग्राफी रहेको नयाँ भर्सनको उक्त गीतलाई वरिष्ठ संगीतकार अम्बर गुरुङ र यश कुमारले संगीत दिएका हुन् । ‘म एउटा सर्जक हुँ, सर्जकको सिर्जना प्रति अन्याय हुँदा कस्तो पिडा हुन्छ मैले बुझेको छु, फिल्मा समावेश ‘ए कान्छा’ बोलको गीतको सर्वाधिकार मसँगै छ’, भन्छन् यश कुमार । रिदम फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा कलाकारहरु यश कुमार, निमा रुम्बा र नव नायिका कामना भुजेलको मुख्य भूमिका रहेको छ । फिल्मलाई यश कुमारले निर्देशन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि