शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

विश्व बिराजमान छ- मुना दाहाल

-मुना दाहाल

बतासे फुलबाटै उछिटिएका चराका बचेराहरू।
कहिले काँहि समय नपुग्दै डिम्वा भित्रबाटै फुत्किएका पखेटाहरू।
फटफटाउँदै धर्तीको कोलाहल निमोठिइदैछन्।
शितका लहरहरूलाई छुनै नपाई ।

रविको छविमा लुक्नै नपाई ।
ममताको आँचलमा बेरिदै लुकामारि खेल्नै नपाई।
गोधुँलीको पहेँलिँदै आएको क्षितिजमा नाच्नै नपाई।
धर्ती भित्रै कता हो कता बिलिन हुँदै छ।

अत्यासिलो र उराठिलो बन्दै छ ।
करोडौं सुर्यको तापिलो किरण भन्दा बढ्ता राप
चढ्दैछ ।
कहिले आरनमा खलाति चलाउँदा चलाउँदै निस्किएको ज्वालाबाट फलाम पिटि आकार दिने समयमा ।

पानी भित्र डुबुल्की मार दिँदा आकार बिहिन भए जस्तै ।
जस्ताको तस्तै छ।
आफूभित्रै विश्व बिराजमान भै उभिएको समयमा विश्वलाई नै चारैतिर घेरा हाल्दै छोपेको बेलामा।
आफू आफैमा हराउदैछ।
बेफ्वाके रवाफमा
सदियौ देखिको पुरातनले झेलिएको कुण्ठित मनोदशाबाट केहि पर सरेर ।

बहुमूल्य रत्नहरू लुटाएर
जलप चम्कावटमा रमाऊने बेलामा।
छाडा छोडिएका साँढेका हुड़्कार दिदै हिडेको छ।
उस्तै फेरि उस्तै
बतासे म्याद गुज्रेका डिम्वाहरूको हुलम हुलले विध्वड़्सै मच्चाएको छ।
खोलिएर फुटेका डिम्वाहरू छताछुल्ल भै सह्रर्स दूर्गन्ध फैलिदै माखा भुनभनाएका छन्।

सोलु र मोलु एकै नहुदै अलग अलग रटान रट्दै छन्।
मधे र सरेहरू नाड़्लो ठटाएर हात्ती तर्साउँदैछन्।
फेरि उता हात्तिको कानेगुजी नै खानेगरी कमिलोले सुटुक्कै छिरि
कान मात्र होइन सुँढ र मुढ नै ढाल्न खोज्दैछ।

बबुरो हात्ती लमतन्न भै पसारिए पछि
कमिलोले आफूलाई पुग्ने खादै ।
अझ अरू लावा लस्कर अघिपछि लाउदै छ।
फुटेका डिम्वाहरूका साथसाथै बतासे र खोलिएका फुलबाट निस्किएका रसहरू घिस्याउदै घिस्याउदै लाँदैछ ।
लावालस्करका साथमा ।

हात्ती बिलिन हुँदै धर्तीको शुन्यतामा बिलाऊदैछ ।
उ भने निरन्तर जागा भै लागि पर्दैछ।
हात्तीको बढेमानको अस्तित्व मेटाउन।।
अनि
खोलिएका डिम्वामा खपटाहरू समेट्दै चाड़ बनाउन।।

तपाईको प्रतिक्रिया