Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

सन्जिब पुडासैनीको ‘किन तिमी आज’ सार्वजनिक

गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमी आज’ को भिडियो सार्वजनिक गरिएको छ । चर्चित वेब सिरिज ‘ट्वान्टी फस्ट लब’ मा समाबेश उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो । यस गीतमा थुप्रैले म्युजिकल्ली पनि गरेका थिए ।

गीतमा गायक सन्जिब पुडासैनीको शब्द र संगीत रहेको छ भने गीतमा शैलेन्द्र यम मानन्धरको एरेन्ज रहेको छ । काठमाडौंको ठमेल वरिपरि छायांकन गरिएको यस गीतको भिडियोमा गायक सन्जिब पुडासैनी र मोडल गरिमा श्रेष्ठको अभिनय देख्न सकिन्छ । मिलन शंकरको छायांकन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि