Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘इन्टु मिन्टु लण्डनमा’ देशभर नै हाउसफुल

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले आक्रामक व्यापार गर्दै सुरुवात राम्रो गरेको छ । नेपाली फिल्मको राम्रो बजार छैन भन्नेहरुलाई गतिलो जवाफ दिएको छ, ‘इन्टु मिन्टु लण्डनमा’ले । चलचित्र हेर्न दर्शकको घुँइचो गजबको थियो सिनेमा घरहरुमा । उपत्यका भित्रका सिंगल, मल्टिप्लेक्स र मोफसलका शहरहरुमा फिल्मका शोहरु हाउसफुल नै रहेका थिए । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरको क्रेज, फिल्मको मेकिंग, संगीत पक्षका कारणले पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाएको हो ।

शुक्रबार र शनिबार गरि फिल्मले १ करोड आसपासमा व्यापार गरेको अनुमान गरिएको छ । यद्यपी आधिकारिक बक्स अफिस रिपोर्ट भने हालसम्म आउन सकेको छैन । शनिबार चलचित्रका मुख्य कलाकार र निर्देशक विभिन्न हलहरुमा दर्शकहरुको प्रतिक्रिया लिन भनि पुग्दा कलाकारहरुलाई दर्शकहरुले घेर्ने, सेल्फी खिच्ने, रुवाबासी जस्ता क्रियाकलापहरु देख्न सकिन्थ्यो । रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि