Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

उत्कृष्ट गायन र निर्देशनको संगम- भगवान मेरो

झिमझिम परेलीमा बोलको गीतले चर्चाको शिखरमा पुगेकी गायिका बुनु श्रेष्ठ पुनः साङ्गीतिक बजारमा नयाँ म्युजिक भिडियो ‘भगवान मेरो’ बाट देखापरेकी छन् । विश्वनाथ प्रेमको शब्द, किरण कँडेलको सङ्गीत रहेको उक्त गीत प्रेरणादायी कथा बोकेको कारण दर्शकले मन पराउने गायिका श्रेष्ठको विश्वास छ ।

मानिस अनेक दुष्कर्म गर्छन् । ती दुष्कर्मको परिणाम निकै गम्भीर हुने र त्यसको प्रायश्चित समयमै गर्न सके मानिसले यो भवसागरबाट छुट्कारा मिल्ने सन्देश बोकेको यस भिडियोमा गायिका स्वयंले प्रमुख भूमिका निर्वाह गरेकी छन् । उक्त म्युजिक भिडियोमा ध्रुव श्रेष्ठ, प्रज्वल गिरी, अतीत लिम्बू, प्रकाश श्रेष्ठ, राजकुमार गिरी, अमन सापकोटा आदिको पनि भूमिका रहेको छ ।

चलचित्र निर्देशक रोशन कुमारको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो स्टुडियो साउन्ड मिलले निर्माण गरेको हो । गायिका श्रेष्ठको यसअघि ‘लुकीचोरी (२०५७)’ गीति एल्बम प्रकाशित छ ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि