Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

‘चालिस काटेका हिरो नै फापेको छ’- दीपिका प्रसाईं

चलचित्र नगरीमा वर्षेनी कैयौं नव नायिकाहरुको आगमन हुने गर्दछ । कोहि स्थापित हुन्छन् त कोहिको नामोनिशान पनि रहन्न । आफ्नो पहिलो चलचित्रबाट नै स्थापित हुने नायिकाहरु मध्यकी नायिकाहरुको नाम लिंदा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ । चलचित्र ऐश्वर्यबाट डेब्यु गरेकी नायिका दीपिका प्रसाईंको एक मात्र चलचित्र प्रदर्शनमा आए पनि चर्चा भने निकै पाएकी थिइन् । हाल उनलाई लिएर चलचित्र बनाउने निर्माता र निर्देशकहरुको सुची भने लामै छ । अब भने चर्चित ब्राण्ड चलचित्र ‘छक्कापञ्जा ३’ मार्फत दशैंको घटस्थापनाको दिनबाट दर्शकहरु सामु आउने तयारीमा छिन् । दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा कलाकार दिपकराज गिरीको जोडीको रुपमा उनी प्रस्तुत हुँदै छिन् । चलचित्रमा उनको मुख्य भूमिका रहेको छ ।

राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा ‘तपाई खाली ४० वर्ष उमेर पार गरेका हिरोहरुको मात्र नायिका वा जोडी भएर फिल्म खेल्नु हुन्छ, के तेस्रो फिल्म पनि अधवैशे हिरोसँग नै आउने योजना छ कि ?’ दीपिकालाई पत्रकारले प्रश्न गर्दा उनले हाँस्दै भनिन्, ‘४० वर्ष काटेका हिरोहरु नै मलाई फापी रहेको छ, मेरो करिअरको लागि पनि राम्रो भइराखेको छ र तेस्रो चलचित्रमा कुन उमेरको हिरोसँग खेल्छु भनेर जान्नको लागि फिल्म आएपछि नै थाहा पाउनु हुनेछ ।’

तपाईको प्रतिक्रिया

...र यो पनि