Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘जय भोले’ भन्दा अघि ‘छक्का पञ्जा ३’ (ट्रेलर सहित)

यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वनजिक भएको छ । राजधानी स्थित क्युज सिनेमामा आयोजित कार्यक्रममा अन्ततः चलचित्र ‘छक्का पञ्जा ३’ले प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र यहि आउँदो दशैंको घटस्थापनाको दिनदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘छक्का पञ्जा ३, फुलपातीको दिन’ भनेर शुभ मुर्हतमा नै प्रदर्शनको मिति घोषणा गरेको छक्का पञ्जा युनिटलाई चुनौती दिंदै ‘जय भोले’ युनिटले पनि दशैंको आसपासमा आफ्नो चलचित्र प्रदर्शनमा आउने लगभग पक्का गरेपछि यी दुई चलचित्रको निर्माताहरु बीच पटक पटकको वार्तापछि अन्ततः दुवै चलचित्रले प्रदर्शन मिति पाएको हो । चलचित्र ‘जय भोले’ भने फूलपातीकै दिनमा देशभर प्रदर्शन हुने जानकारी पनि निर्माता तथा कलाकार दिपक राज गिरीले नै कार्यक्रममा जानकारी गराए । ‘आदरणीय अशोक शर्मा दाई म भन्दा सिनियर कलाकार हुनुहुन्छ, अहिले आएर उहाँसँग भिडन्त गर्ने कुरो सकारात्मक हुँदैन, एकै उद्योगका दुई चलचित्र भिड्दा नोक्सान चलचित्र क्षेत्रलाई हुने भएकोले अशोक दाई र हामी बीच स्वस्थ र सकारात्मक सहमति भएको हो ।’ दिपकराज गिरी फेरी थप्छन्, ‘प्रदर्शन मिति ठुलो कुरा होइन, फिल्मको कथावस्तु राम्रो हुनु ठुलो कुरो हो, हाम्रो फिल्म लागेको १ हप्तापछि जय भाले आउँदा हामीलाई केहि बेफाइदा हुँदैन, संभवत दर्शकहरुले दुवै चलचित्रलाई माया गरेर दुवै सफल पनि हुन सक्छ ।’

दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायत रहेका छन् ।

ट्रेलर हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि