Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘सिताराम मेरै लागि जन्मेको जस्तो लाग्छ’ कुन्जना

चर्चित हाँस्यकलाकार लेखक, निर्देशक एवं समाजसेवी सिताराम कट्टेलृ (धुर्मुस)को आज जन्म दिन परेको छ । राजधानी स्थित रेडियो अडियोको कार्यालायमा पत्रकार सम्मेलन गरि केक काटेर सिताराम कट्टेलको जन्मदिन भव्य रुपमा मनाइयो । समारोहमा हाँस्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), कुन्जना घिमिरे लगायत अन्य पाहुनाहरुको पनि उपस्तिथिति रहेको थियो ।

सोलुखुम्बुको नेचा बेदघारीमा जन्मिएका सिताराम सानैदेखि अभिनयमा रुची भएकाले आफ्नो सपना साकार गर्न राजधानी आएर संघर्ष गरे । अन्तत मेरी बासै नामक हाँस्य टेलिचलचित्रले धुर्मुसेको रुपमा  चर्चित बनायो । के.पी. ओली लगायत धुर्मुस, खडानन्द बाबा, खड्का जी, मुस्कान पासा, जस्ता चरित्र उनीद्वारा अभिनित सर्वाधिक चर्चित पात्रहरु हुन् । जन्म दिनकै अवसरमा श्रीमती कुन्जना घिमिरेले सिताराम कट्टेल मेरै लागि जन्मेको जस्तो लाग्छ, एक असल छोरा, देश विकासको जिम्मेवारी बोकेको असल नागरिक र आफुलाई अत्यन्त स्नेह गर्ने श्रीमान् भनेर जन्मदिनको शुभकामना दिंदा कट्टेल भावुक पनि भए ।

आजको दिनसम्म आफु जे छु दर्शकहरुको माया, साथ सहयोग कै कारण हो, आफ्नो अन्तिम सास रहे सम्म कलाकारिता, देश निर्माणमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

देश निर्माण गर्ने व्यस्तताले गर्दा कलाकारितालाई समय दिन नसकेको र अब छिट्टै फिल्म निर्माण गर्ने तयारीमा रहेको पनि समारोहमा जानकारी गराए ।

तपाईको प्रतिक्रिया

...र यो पनि