Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

नेपाली चलचित्र ‘पञ्चायत’ अस्करमा

नायिक निता ढुंगानाद्वारा अभिनित फिल्म ‘पञ्चायत’ अस्करमा नेपालबाट भिड्ने भएको छ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अम्पास)द्वारा मान्यताप्राप्त नेपाल छनोट समितिले शिवम अधिकारी निर्देशित फिल्म ‘पञ्चायत’लाई छानेको हो । सन् २०१९ फेब्रुअरी २४ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९१ औं अस्कर समारोहमा उक्त फिल्मलाई ‘उत्कृष्ट विदेशी भाषी फिल्म’ को विधामा भिड्न नेपालबाट पठाउन लागिएको हो । समितिमा छनोट चरणमा सहभागिताका लागि ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ’ गरी कुल तीन चलचित्रले आवेदन दिएका थिए । तर तीनवटै फिल्म सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जना रहे पनि प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि सबै कुरालाई ध्यान्मा राखी ‘पञ्चायत’लाई छानिएको हो ।


फिल्म ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडाको सेरोफेरोमा अधारित छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि