Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

रविन र सृष्टी म्युुजिक भिडियोबाट डेब्यु गर्दै

चर्चित रियालिटी शो बुगी वुगीका टप ५ प्रतियोगी रविन भुजेल र सृष्टी महर्जन म्युुजिक भिडियोबाट डेब्यु गर्ने तयारीमा छन् । विकाशा इन्टरटेन्मेन्टको प्रोडक्सनमा निर्माण भइरहेको म्युजिक भिडियोलाई चर्चित निर्देशक विकास सुबेदीले निर्देशन गरेका हुन् । बाबु बोगटीको शब्द अनि संगीत रहेको गीतमा रोनन सुब्बाको स्वर रहेको छ ।

किर्तिपुरमा डेरा गरेर बस्ने केटाको भुमिकामा रविन र किर्तिपुरकै स्थानिय नेवार केटीको भूमिकामा सृष्टी देखा पर्दै छन् । अनिल के. मानन्धरको छायांकनमा निर्माण भइरहेको भिडियोलाई रोहिया महर्जनले कोरियोग्राफ गरेकी हुन् । रोहिया बुगी वुगीका कोरियोग्राफर मध्यका एक कोरियोग्राफर हुन् ।

काठमाडौं, भक्तपुर र किर्तिपुरमा छायांकन गरिएको भिडियो आउँदो सातासम्ममा रिलिज हुने निर्देशक सुबेदीले फिल्मी इन्फोलाई जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया