‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक

यहि आउँदो दशैंमा प्रदर्शनमा आउने भनिएको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आमा सरस्वती मुभिज तथा आइ.एम.ई. को प्रस्तुतिमा निर्माण भएको चलचित्रको फस्ट लुक पोस्टरमा फिल्मका पाँच प्रमुख पात्रहरुलाई देख्न सकिन्छ । पोस्टरमा चलचित्रको प्रदर्शन मिति उल्लेख गरेको पाइदैन । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार चलचित्रको ट्रेलर यहि आउँदो शनिबार सार्वजनिक हुने र प्रदर्शन मिति पनि सार्वजनिक हुने जानकारी गराएका छन् ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स हाइलाइट्सले एक करोडमा खरिद गरेको छ । यससँगै अब चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेछ । आजकल चलचित्र युटुबमा आउँछ भनेपछि हलमा आउने दर्शकको संख्या दिन प्रतिदिन घट्दै गएको कारणले यो पटक चलचित्र ‘छक्का पञ्जा ३’ युटुबमा नबेचेको जानकारी दीपकराज गिरीले दिएका छन् ।
थप समाचार

तपाईको प्रतिक्रिया