‘बुद्ध लामा बेहोस’ भन्ने समाचार भ्रामक

चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन पहिलो’का बिजेता बुद्ध लामा राजधानी स्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । सोमबार साँझबाट सामान्य ज्वरो आएको र रातभर पनि कम नभएपछि मंगलबार बिहान करिब ५ बजे गायक एलबिन थापा मगर(बुद्ध लामाको दाईको साथी)ले बुद्धलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा ल्याएका हुन् । हाल बुद्धको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई सेमि थ्रि बेडेड-डिलक्स ४०३ मा राखिएको छ ।
मौसम परिवर्तन र बुद्धको व्यस्तताको कारण दौडधुप बढी भएर ज्वरो आएको हुनसक्छ । कसैले थाहै नदिइ अस्पतालमा तस्विर खिचेर भ्रामक समाचार प्रकाशित गरिदियो ।
‘अनलाइनमा समाचार आए जस्तो एकदमै डराइहाल्नु पर्ने त्यस्तो केही पनि भएको छैन, सामान्य ज्वरो हो । हिजोदेखि बुद्ध मसँगै छ । बेहोस भएर अस्पताल ल्याएको भन्ने समाचार भ्रामक मात्र हो । चिकित्सकको अनुसार बुद्ध अहिले सामान्य अवस्थामा छ । बुधबार डिस्चार्ज हुने सम्भावना रहेको छ ।’ फिल्मी इन्फोसँग गायक एलबिन थापा मगरले थपे, ‘मौसम परिवर्तन र बुद्धको व्यस्तताको कारण दौडधुप बढी भएर ज्वरो आएको हुनसक्छ । कसैले थाहै नदिइ अस्पतालमा तस्विर खिचेर भ्रामक समाचार प्रकाशित गरिदियो ।’
वास्तविकता नबुझी समाचार सम्प्रेषण गर्दा बुद्धका परिवार तथा शुभचिन्तकहरु चिन्तित भएको उनले बताए ।
थप समाचार

तपाईको प्रतिक्रिया